सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी कारागारमा समस्यै–समस्या

२०७८ माघ २४, १२:५२ खबर संवाददाता

धनगढीः बैतडीको जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी रेहेको जनाइएको छ। कारागारले क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या रहेको जनाइएको हो। 

कारागारमा २५ जना कैदीबन्दी राख्ने क्षमता भएपनि अहिले ८१ जना कैदीबन्दी रहेको कारागारका जेलर नैनसिंह कार्कीले बताए। उनका अनुसार कारागारमा अहिले १८ जना कैदी र ६३ जना थुनुवा रहेका छन्। कोठाको अभावमा दुईतले खाट बनाएर कैदीबन्दीहरुलाई बसोबासको व्यवस्था मिलाइएको जेलेर कार्कीले बताए। यस्तै खानेपानीको पनि समस्या रहेको उनले बताए। 

२०४० सालमा निर्माण गरिएको उक्त कारागार भवनलाई मर्मत गरिए पनि कोठा भने थपिएको छैन।

कमेन्ट लोड गर्नुस