सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा कैदी बन्दीसँगको भेटघाट बन्द

२०७८ माघ २३, ०५:०९ खबर संवाददाता

डोटी: कोरोना संक्रमण बढेपछि जिल्ला कारागार डोटीले कैदीबन्दीसँगको भेटघाटलाई बन्द गरेको छ। कैदीबन्दीसँग भेटघाट गर्दा भीड बढ्ने तथा कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको हो। कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने भन्दै भेटघाट बन्द गरिएको डोटी कारागार प्रमुख लालबहादुर बोगटीले बताए।  

कारागार प्रशासनले जिल्ला अदालतबाट कारागार चलान गरेका कैदीबन्दीको पनि कोरोना परीक्षण गरेर मात्र राख्ने गरेको छ। कारागार प्रशासनले जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई आउनेबित्तिकै १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ। जिल्ला कारागारमा हाल विभिन्न मुद्दाका ५० जना बन्दी छन्।  

कमेन्ट लोड गर्नुस