कञ्चनपुरमा एकल महिलालाई बाख्रा वितरण
कञ्चनपुरः कञ्चनपुरमा सम्झना एकल महिला समूहमा आवद्ध ६ जना एकल महिलालाई बाख्रा वितरण गरिएको छ। महिला समूहको पहलमा शुक्लाफाँटा नगरपालिका-४ को कार्यालयबाट एकल महिला बाख्रा पालन अनुदान कार्यक्रम अन्तरगत बाख्रा वितरण गरिएको हो।
५० हजार बराबरका ६ जना एकल महिलालाई एक एक ओटा बाख्रा वितरण गरिएको वडाध्यक्ष ज्ञानबहादुर बिष्टले जानकारी दिए। एकल महिलाको जिविकोपार्जन र आय आर्जनमा टेवा पुगोस भन्ने उद्धेश्यले बाख्रा बितरण गरिएको उनले बताए।