सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक कर्मचारी मृत भेटिए, हत्या आशंका

फाइल फोटो
फाइल फोटो
२०७८ माघ २२, ०१:२५ खबर संवाददाता

धनगढीः विद्युत वितरण केन्द्र बैतडीमा कार्यरत एक कर्मचारी मृत अवस्थामा भेटिएका छन्। जिल्लाको देहिमाडौं २ मा ४५ वर्षीय मानसिंह रावत मृत भेटिएका हुन्। 

घर नजिकै हिजो साँझ उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृतक रावतको शव पोस्टमार्टमका लागि अहिले  जिल्ला अस्पताल बैतडीमा राखिएको छ। रावतको हत्या भएको हुन सक्ने आशंका गरिएको छ। यस बारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस