सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमपातपछि मार्तडी–कोल्टी यातायात सम्पर्क टुट्यो

२०७८ माघ २१, ०४:२१ रासस

बाजुराः बाजुराको पूर्वी उत्तरी भेगलाई जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध बनेको छ। बिहीबार रातिबाट वर्षासँगै हिमपात हुन थालेपछि उक्त क्षेत्रमा चल्ने सवारीसाधन ठप्प भएका छन्। पोरखे लेकमा बाक्लो हिमपात भएपछि सवारीसाधन नै आवजतजावत गर्न समस्या भएको हो। पूर्वी उत्तरी भेगमा हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्कन नसकेको नेपाल पत्रकार महासङ्घ बाजुराका उपाध्यक्ष सङ्गीता तिमिल्सेनाले बताइन्। 

उनका अनुसार चार पालिकामा बाक्लो हिमपात भएको र चिसो समेत बढेका कारण स्थानीयवासी घर बाहिर निस्कन सकेका छैन्। मार्तडी–कोल्टी सडकमा हिलाम्मे र हिमपातका कारण त्यहाँ चल्ने मालबहाक ट्याक्टर जीप मार्तडी र कोल्टीमा ठप्प भएका छन्। पोरखे लेकमा बाक्लो हिमपात भएका कारण स्थानीयवासीलाई पैदलयात्रा गर्न समेत सकस भइरहेको छ। 

हिमपात हुन थालेपछि जिल्ला सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग सडकमासमेत सवारीसाधन सञ्चालन हुनसकेका छैनन्। धनगढी, महेन्द्रनगरबाट बाजुरा आउने लामो दूरीका सवारीसाधन हिमपातका कारण बीच बाटोमै रोकिएका छन्। 
 

कमेन्ट लोड गर्नुस