सुदूर नेपाललाई विश्वसँग जोड्दै

फुटबल प्रशिक्षक अल्मुताइरीसँग प्रधानमन्त्रीले गरे छलफल

२०७८ माघ २१, ०२:५८ खबर संवाददाता

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग नेपाली फुटबलको बारेमा छलफल गरेका छन्। छलफलका क्रममा मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाली खेलाडी धेरै राम्रो भएको तर उनीहरूलाई अन्तर्राष्ट्रिय एक्स्पोजको खाँचो भएको बताएका थिए। अल्मुताइरीले फुटबल विकासका लागी राम्रो र स्तरीय रंगशाला आवश्यक भएको बताएका थिए। अल्मुताइरीले आफूहरू अहिले एसियन कप छनोटको तयारीमा रहेको बताएका थिए। 

प्रधानमन्त्री देउवाले सरकारको तर्फबाट सम्पूर्ण सहयोग गर्नका लागि आफू तयार रहेको बताएका थिए। सरकारले अल्मुताइरीलाई आज सम्मान गरेको थियो। साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि सम्मान गरिएको हो। सरकारले फुटबल टिमलाई यसअघि नै पुरस्कृत गरिसकेको थियो। तर, त्यतिबेला मुख्य प्रशिक्षक अल्मुताइरी कतारमा थिए। त्यतिबेला छुटेका अल्मुताइरीलाई सरकारले आज महिला भलिबल टिमसँगै सम्मान गरेको हो। फुटबलका खेलाडीलाई पनि ५ लाख र प्रशिक्षकलाई ३ लाख नगदसहित सम्मान गरिएको थियो। 

सम्मान कार्यक्रमपछि प्रधानमन्त्री देउवाले अल्मुताइरीसँग छुट्टै भेटेका थिए।

कमेन्ट लोड गर्नुस