शिलन्यास भएको ३२ बर्षसम्म पनि सहजपुर–दिपायल सडकको ४३ किलोमिटरमा ट्रयाक खोल्न बाँकी
शिलन्यास भएको ३३ बर्षसम्म पनि सहजपुर–बोगटान– दिपायल सडक खण्डको ४३ किलो मिटर सडक खण्डको ट्रयाक खुल्न सकेको छैनन् । २०४२ सालमा शिलन्यास गरिएको एक सय आठ किलोमिटर सडककको ४३ किलोमिटरमा ट्रयाक नखुलेको हो । कैलालीको चुरे गाउँपालिकाको सहजपुरदेखि डोटीको बडिकेदार अतरकाँडासम्म मात्र सडक पुगेको छ । त्योभन्दा पारीतिर सडकको ट्रयाक पनि खुलेको छैन् । ट्रयाक खोलिएको ६५ किलोमिटरमध्ये ५० किलोमिटरमा भने कालोपत्रेको तयारी भईरहेको छ । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रे हुने भएको हो । यो सडक खण्ड निर्माण भएमा डोटीका दक्षिण पुर्वी क्षेत्रमा रहेका कृषि उपजहरुले बजार पाउनुका साथै स्थानीय वासिन्दाहरुको जीवनस्तरमा सुधार आउने आशा गरिएको छ । तर सडक खण्डको निर्माण कार्यले भने ३३ बर्षदेखि पनि तिव्रता पाउन सकेको छैन् ।
निर्माण कार्य शुरु गरिएको ३३ वर्ष पूरा हुँदा पनि सहजपुर– बोगटान– दिपायल सडकले पूर्णता पाउन सकेको छैन । कैलालीका दुई र डोटीका चार वटा गाउँपालिका जोड्ने दिपायल –बोगटान सडकको अहिलेसम्म ६५ किलोमिटर सडकको ट्रयाक मात्र खोलिएको छ । ४३ किलोमिटर सडकको ट्रयाक नै खुल्न सकेको छैन् । यो २०४२ सडकको सालदेखि निर्माण कार्य थालिएको थियो । सुरुमा राष्ट्रिय योजनामा परेर काम थालेको भए पनि अहिले प्राथमिकताबाट हटाइएपछि सडक निर्माणले कछुवा गति लिएको हो । सडकको जंगल क्षेत्रमा वातावरणीय प्रभाव मूल्याँकनमा भएको ढिलाइले दुई वटा आर्थिक वर्षको बजेट समेत फ्रिज भएको थियो । तर चालु आर्थिक वर्षमा भने ट्रयाक खुलेको सडकमध्ये ५० किलोमिटरमा कालोपत्रेको काम सुरु हुने भएको छ ।
डोटी जिल्लाकै सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान–दिपायल सडकले पुर्णता नपाउँदा स्थानीय वासिन्दाहरुको जीवनस्तरमा सुधार आउन नसकेको हो । सडकको निर्माण कार्य अलपत्र पर्दा त्यहाँको जीवनस्तर समेत माथि उठ्न नसकेको स्थानीय वासिन्दाहरुको भनाई छ । निर्माणाधीन सडकको निर्माण कार्य अनिश्चित भएपछि स्थानीय वासिन्दा निराश भएको ेआई सिंह गाउँपालिका वडा नम्बर २ का स्थानीय वासिन्दा शेरवहादुर वोगटीले बताए । कैलालीको चुरे गाउँपालिकाको सहजपुरदेखि डोटीको बडीकेदार अतरकाँडासम्म मात्र सडक पुगेको छ । एक सय आठ किलोमिटर लामो सडकको अहिलेसम्म ६५ किलोमिटर मात्र ट्रयाक निर्माण गरिएको छ । ट्रयाक खोलिएको सडकमध्ये १८ किलोमिटरमा मात्र १२ महिना सवारी चल्ने गर्दछ । यो सडक तत्कालीन समयमा कृषि सडकका रुपमा नामाकरण गरेर डोटीका साविकका १७ गाविसका कृषकलाई लाभ पु¥याउने उद्देश्यका साथ निर्माण शुरु भएको थियो । तर सडकको ट्रयाक नै नखुल्दा कृषि उत्पादनको उर्वरभुमी मानिने क्षेत्रका उत्पादनहरुले बजार पाउन नसकेको वोक्टान गाउँपालिका वडा नम्बर १ का स्थानीय वासिन्दा खेम सावदले जानकारी दिए ।
सडक निर्माण कार्य थालनीको वर्षौं बितिसक्दा समेत यो सडकको ट्रयाक नै नखुल्दा आर्थिक रुपमा स्थानीयहरुको जीवन स्तरमा सुधार आउन सकेको छैन् । धेरै स्थानीय तहहरुमा पुर्वाधारको रुपमा यो सडक खण्ड बनेमा यसले समृद्धि ल्याउने आशा गरेका स्थानीय वासिन्दाहरुको आशा ३३ बर्षदेखि आशामै सिमित रहेको छ । वड्डीकेदार गाउँपालिका अध्यक्ष कृष्ण चन्द पटक पटक पहल गर्दा पनि सडक निर्माणमा सवैको चासो नगएको बताएछन् । कैलालीको सहजपुरबाट डोटीको बीपीनगर, बोगटान हुँदै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायल पुग्ने भनिएको सडक निर्माण कार्य शुरू भएको ३३ वर्षसम्म पनि ट्रयाक खोल्ने काममा स्थानीय तहहहरु प्नि लागिरहेका छन। तर उनीहरुको प्रयासले सार्थकता पाउन सकेको छैन् । विभिन्न पटक भएका निर्वाचनहरुमा यो सडक खण्ड नेताहरुको चुनावी नारा बन्दै आएको भएपनि सडक निर्माणको कामले भने गति लिन सकेको छैन् । सडक खण्डको शिलन्यास गर्नुहुने तत्काली जिल्ला सभापति तथा हाल सुदुरपश्चिम प्रदेश सभा सदस्य भरत खड्का सडकले गति लिन नसकेका कारण दुःख लागेको बताए ।
डोटीका केही स्थानीय हतमा सडकको ट्रयाक नखुलेका वेला कैलाली र डोटीका केही भागमा भने सडक कालोपत्रेको काम अगाडी वढ्ने भएको छ । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रे हुने भएको हो। कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका सडक कालोपत्रेका काम अघि बढेको छ । सहजपुर–बोगटान सडक कालोपत्रे गर्नका लागि दुई अर्ब ५ करोडमा ठेक्का भएर निर्माण अघि बढेको छ। ३० महिनाको निर्माण अवधि रहेको सडक खण्ड कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको बिपी नगरदेखि बडीकेदारसम्म २८ किमी सडक कालोपत्रेको काम अगाडी वढ्ने कालोपत्रेको काम पाएको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर ईश्वर बस्नेतले जानकारी दिए ।