सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ माघ २०, ०२:०७ खबर संवाददाता

काठमाडौंः बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार दाङको शान्तिनगर गाउँपालिका(३ का ८० वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ८ का ८६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

८० वर्षीय पुरुषमा माघ १६ गते संक्रमण पुष्टि भएको थियो। उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार राति १स्५० बजे मृत्यु भएको थियो। ८६ वर्षीय पुरुषमा माघ १३ गते संक्रमण पुष्टि भएको थियो। सोही दिन अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार बिहान ९ बजे मृत्यु भएको उनले बताए।

कमेन्ट लोड गर्नुस