सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनेगल अफ्रिकन कप अफ नेसन्सको फाइनलमा

२०७८ माघ २०, ०९:१६ खबर संवाददाता

सेनेगल अफ्रिकन कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा बुर्किना फासोलाई ३–१ गोलले हराउँदै सेनेगल उपाधि नजिक पुगेको हो।

सेनेगलका अब्डोउ डियालो, इद्रिसा गुए र साडियो मानेले एक÷एक गोल गरे। बुर्किना फासोका ब्लाटी टोरेले एक गोल फर्काए।

सेनेगल तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेको हो। अब सेनेगलले उपाधिका लागि क्यामरुन र इजिप्टबीचको विजेता टोलीसँग खेल्नेछ।
 

कमेन्ट लोड गर्नुस