सिलगढीमा आगलागी हुँदा ३ पसल जलेर नष्ट
डोटीको सिलगढी नाचन्थलीमा मध्यरातमा आगलागी हुँदा ३ वटा पसल जलेर पूर्ण रुपमा नष्ट भएका छन्। रन्जन नेपालीको पबित्रा बिजुलि एण्ड मोवाईल ग्यालरी, सुरज पार्कीको सैलुन पसल र पुकार बोहराको सिलाई सेन्टर जलेर नष्ट भएका हुन्। आगलगी पछि क्षतिको बिवरण तयार गर्न डोटी उद्योग बाणिज्य संघको टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालयले मुचुल्का तयार गरिरहेका डोटी उद्योग बाणिज्य संघका माहासचिव दिपक बहादुर खडकाले जानकारी दिए।