सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिडको नक्कली रिपोर्ट दिने कर्मचारी पक्राउ

२०७८ माघ १९, ०१:३१ खबर संवाददाता

काठमाडौँः महानगरीय प्रहरी अपराध महाशाखाले कोभिड १९ परीक्षणको नक्कली रिपोर्ट बनाउने कान्तिपुर अस्पतालको सामग्री र केही कर्मचारीलाई नियन्त्रणमा लिएको छ। मंगलबार तिनकुनेस्थित कान्तिपुर अस्पतालबाट सामग्री र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अस्पतालले वैदेशिक रोजगार जानेहरूको नक्कली रिपोर्ट उपलब्ध बनाएर दिएको उजुरी परेको थियो। प्रहरीले प्रयोगशालाको मेसिन र केही मानिसलाई नियन्त्रणमा लिएको अस्पतालले जनाएको छ। म्यानपावर एजेन्सीले कान्तिपुर अस्पतालमै वैदेशिक रोजगारमा जानेलाई परीक्षण गर्न पठाउने गरेको थियो। कतिपय एजेन्सीको एजेन्टहरू स्वयम अस्पतालमा उपस्थित भइ रिपोर्ट बनाएर दिने प्रहरीमा उजुरी पर्ने गरेको छ।

महाशाखाका प्रवक्ता कृष्‍ण प्रसाद कोइरालाकाअनुसार अस्पतालबाट केही सामग्री र मानिसलाई नियन्त्रणमा लिएका छौ। उनले भने, 'अहिले उहाहरूको काम गरिरहेका छौ। सार्वजनिक गर्न मिल्दैन। केही समयपछि यस विषयमा सार्वजनिक गर्छौ।'

कमेन्ट लोड गर्नुस