सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली कोभिड रिपोर्ट दिने अस्पतालका कर्मचारी पक्राउ

२०७८ माघ १९, १२:१० खबर संवाददाता

काठमाडौँ: महानगरीय प्रहरी अपराध महाशाखाले कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाउने कान्तिपुर अस्पतालको सामग्री र केही कर्मचारीलाई नियन्त्रणमा लिएको छ। मंगलबार तिनकुनेस्थित कान्तिपुर अस्पतालबाट सामग्री र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अस्पतालले वैदेशिक रोजगार जानेहरूको नक्कली रिपोर्ट उपलब्ध बनाएर दिएको उजुरी परेको थियो। पम्यानपावर एजेन्सीले कान्तिपुर अस्पतालमै वैदेशिक रोजगारमा जानेलाई परीक्षण गर्न पठाउने गरेको थियो। 


 

कमेन्ट लोड गर्नुस