सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप ४१३ जनामा कोरोना

२०७८ माघ १७, ०५:११ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा थप ४१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार १३६ जनाको एन्टिजेन र ३१२ जनाको पीसीआर परीक्षण गर्दा आज ४१३ जनामा संक्रमण पुष्टि भएको हो। 

आज संक्रमण पुष्टि भएकामध्ये ४६ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ७६० जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ६९८ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ८७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
 

कमेन्ट लोड गर्नुस