सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिइँदै

२०७८ माघ १७, ०८:४६ खबर संवाददाता

धनगढी : बैतडीमा सोमबारबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा लगाइदै छ। यसअघि पहिलो मात्रा लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिश भट्टले बताए।

जिल्लामा १२ देखि १७ वर्ष उमेरका ३८ हजार बढी बालबालिका भएपनि ३१ हजार बढीलाई मात्रै मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो। खोप अभावका कारण सबै बालबालिकाहरुलाई खोप दिन नसकिएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए। जिल्लामा १२ वर्षमाथिका १ लाख ६ हजार २५२ जनाले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् भने १ लाख ४० हजार २२५ जनाले खोपको पहिलो मात्रा लगाएका छन्।

कमेन्ट लोड गर्नुस