सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २ जना फरार कसुरदार पक्राउ

२०७८ माघ १६, ०५:२६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले फरक–फरक मुद्दाका २ जना फरार कसुरदारलाई पक्राउ गरेको छ। सवारी ज्यान मुद्दा लागेका भीमदत्त नगरपालिका–४ का कुबेर बहादुर शाह र चोरी मुद्दामा दोषी देखिएका पुर्नवास नगरपालिका–११ का गोविन्द तामाङ पक्राउ परेका हुन्। 

शाहलाई जिल्ला अदालतले ३ वर्ष कैद र ३२ हजार जरिमानाको सजाय सुनाएको थियो। भने, तामाङलाई ५ महिना कैद र ३१ हजार २ सय जरिमानाको सजाय सुनाइएको थियो। अदालतको आदेशपछि फरार रहेका दुवैलाई पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस