सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २२ किलो चरेश बरामद

२०७८ माघ १६, १०:४५ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा बेवारिसे अवस्थामा छोडिएको मोटरसाइकल र चरेश बरामद गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका-३ बुटाबारीमा यूपी ३१ एपी २२५६ नम्बरको मोटरसाइकलमा हरियो कट्टामा बाँधेर राखेको २२ किलो १५० ग्राम लागुऔषध चरेश बरामद गरिएको प्रहरीले बताएको छ। ४० पोका ठूलो र ४० पोका सानो गरी ८० पोकामा राखिएको उक्त चरेश बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस