बदनाम नै छौ भगवान !
पलपल आँसु पिउनुछ
फाटोस् धुजाधुजा होस् मन तर सिउनुछ
कस्तो अचम्मको नियम बनाछौ नि भगवान
हरेक पल मरोस् जीवन तर जिउनुछ ।
आँखामै आँसुु अनि आँखामै सपना, राख्यौ तिम्ले भगवान
यसको मतलब सपनालाई पनि बलजफ्ती धमील्याउनुछ
सपना त निश्चल अनि आशलाग्दो हुन्छ
तिम्रो नियमले त आखिर सबै अमिल्याउनुछ ।
यो धर्तीमा तिमी बदनाम नै छौ भगवान
तिमीले नै चोट दिन्छौ अनि
तिमीले नै मलम लाउँछौ अरे
पीडा दिएपछिको मलमको के काम भो र भगवान
वाह क्या अचम्मको खेल खेलेका छौ तिम्ले
पुरै दुनिया बनावटी कुरामा जेलेका छौ तिम्ले
एउटा प्रश्न सधैँसधैँ मन पोल्छ मेरो
के तिम्ले दिएको चोटपछिको मलमले
सबै घाउ भर्छ त भगवान
के साँच्चै नै मन अनि जीवनकै पीडा मर्छ त भगवान ?