जिल्ला अस्पताल बाजुरामा एम्बुलेन्सन र शववाहन सञ्चालनमा
धनगढी : जिल्ला अस्पताल बाजुरामा एम्बुलेन्स र शववाहन सञ्चालनमा आएको छ। अस्पतालले शववाहन र एम्बुलेन्स खरिद गर्न लागेको २ वर्षपछि खरिद गरेर सञ्चालनमा ल्याएको हो।
आर्थिक वर्ष ०७६/०७७ मा शववाहन र एम्बुलेन्स खरिदका लागि आएको रकम फिर्ता गएको र ०७७/०७८ मा आएको रकमले खरिद गरी सेवा सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ। जिल्लामा यसअघि शववाहन नहुँदा कोरोना संक्रमितको शव बडिमालिका नगरपालिकाको फोहोर बोक्ने टिपरले बोक्ने गरेको थियो।