सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला सुरु

२०७५ पुष ३०, ०४:१७ खबर संवाददाता

कैलालीको गोदावरी धाममा बाहराशि दर्शन मकर मेला सुरु भएको छ। प्रत्येक वर्ष कुनै न कुनै राशिमा कुम्भ मेलाको योग पर्ने भएकाले कुम्भमेलाको प्रतिकको रुपमा बाह्र राशी दर्शन मकर मेला आयोजना गरिएको हो। माघ १२ गते सम्म लाग्ने मकर मेलाको सोमवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरे।

मकर मेलाको उद्धघाटन गर्दै मुख्यमन्त्री भट्टले गोदावरी धामको विकासका लागि पहल गर्ने दावी गरे। उद्धघाटनमा सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन वहादुर थापा, प्रदेश सभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो। हरेक १२ बर्षमा कुम्भ मेला, ६ बर्षमा अर्ध कुम्भ र हरेक बर्ष मकर मेला लगाउने परिपाटी अनुसार यसबर्ष पनि मकर मेला सुरु गरिएको आयोजक गोदावरी धामका अध्यक्ष पदमराज जोशीले बताए।

१२ दिन सम्म चल्ने मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने छन्। मेला अवधिभर सुदूरपश्चिम लगायत सिमावर्ती भारतका विभिन्न ठाउँहरुबाट लाखौ भक्तजनले दर्शन गर्ने  अपेक्षा गरिएको छ। धामका अध्यक्ष जोशीले माघिको दिन मात्रै डेढ देखि २ लाख भक्तजनले गोदावरीमा स्नान गर्ने अनुमान गरिएको बताए। 
 

कमेन्ट लोड गर्नुस