सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक वडा सदस्यको निधन

२०७८ माघ १३, ११:२१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा एक वडा सदस्यको निधन भएको छ। दोधाराचाँदनी नगरपालिका–६ का वडासदस्य योगेश चन्द राजपुतको निधन भएको हो। कलेजोको समस्याले ग्रस्त ३२ वर्षीय राजपुतको बिहीवार बिहान घरमै मृत्यु भएको आफन्तले बताएका छन्।

राजपुत कांग्रेसकातर्फबाट वडासदस्य पदमा विजयी भएका थिए। नगरपालिकाले वडा सदस्यको मृत्युमा आज शोक विदा दिने निर्णय गरेको वडाअध्यक्ष दीलबहादुर सिजालीले बताए। 

कमेन्ट लोड गर्नुस