सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवैलाई मिलाएर लैजान्छौ : कुंवर

२०७५ पुष २९, ०७:२४ कमल सावद

कैलाली उद्योग वाणिज्य संघमा नयाँ निर्वाचित पदाधिकारीहरुले सवैलाई मिलाएर लैजाने प्रतिवद्धता जनाएका छन्। नयाँ निर्वाचित कैलाली उद्योग वाणिज्य सघका पदाधिकारीले संघ र व्यावसायीको हक हितसँगै प्रदेशको आर्थिक विकासका लागि लाग्ने प्रतिवद्धता जनाएका छन्। निवाचित भईसकेपछि पत्रकारसँग कुराकानी गर्दै पदाधिकारीले प्रतिवद्धता जनाएका हुन। अध्यक्षमा निर्वाचित पुष्पराज कुवरले चुनावमा गरेका प्रतिवद्धता पुरा गर्नु आफनो प्रमुख दायित्व हुने बताए। उनले संघ, व्यावसायी र प्रदेशको आर्थिक विकाशका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्। 
निर्वाचित उपाध्यक्ष पुस्करराज ओझा तथा महासचिवमा ओम विष्टले विगत लामो समयदेखि व्यावसायी विच रहेको खाडलको अन्त्य गर्ने बताएका छन् । ब्यवसायीहरुले आफुहरुलाई विश्वास गरेर जिताएका कारण ब्यवसायीको हक हितका लागि काम गरिने उनीहरुले बताए। प्रदेश राधानी धनगढीलाई आर्थिक क्षेत्रको हब बनाउने उनीहरुले बताएका छन्। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस