सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोखिम भत्ता माग्दै कञ्चनपुरका स्वास्थ्यकर्मीले बुझाए ज्ञापनपत्र

२०७८ माघ ११, ०३:३९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरका स्वास्थ्यकर्मी जोखिम भत्ता नपाएको भन्दै आन्दोलित भएका छन्। कोरोना रोकथामका लागि फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने भनेपनि नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन्। 

कोरोनाको तेस्रो लहर आइसक्दा पनि सरकारले तोकेको जोखिम भत्ता नदिएको भन्दै स्वास्थ्यकर्मीले स्थानीय तहमा ज्ञापनपत्र बुझाएका छन्। जोखिम भत्ता उपलब्ध गराउन बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडीसहितका पालिका सरकार प्रमुखलाई ज्ञापनपत्र बुझाइएको नेपाल स्वास्थ्यकर्मी प्राविधिक संघ कञ्चनपुरका अध्यक्ष मानबहादुर चन्दले बताए। फ्रन्टलाइनरहरूलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय कार्यान्वयन गर्न उनको माग छ। 

कमेन्ट लोड गर्नुस