सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाका राष्ट्रपति बाइडनले पत्रकारलाई तुच्छ गाली गरे(भिडियोसहित)

२०७८ माघ ११, १०:४५

एजेन्सी: अमेरिकाका राष्ट्रपति जो बाइडनले एक पत्रकारलाई तुच्छ शब्दमा गाली गरेका छन्। सोमबार एक पत्रकार सम्मेलनमा बाइडनले पत्रकारलाई गाली गरेका हुन्। 

पत्रकार सम्मेलन सकिएपछि सबै पत्रकार हलबाहिर जाँदै गर्दा फक्स न्युजका पत्रकार पिटर डूसीले बाइडनलाई महंगीका विषयमा सोधेका थिए।  महंगी भन्ने शब्द सुनेपछि बाइडनको पारा तात्यो र उनले व्यंग्यात्मक रूपमा यो एक महान् सम्पत्ति हो भने।  त्यसपछि उनले पत्रकारलाई स्टुपिड सन अफ बिच भन्दै गाली गरे।  डूसीले आफूलाई राष्ट्रपतिले अपमान गरेको बताएका छन्। 

 


 

कमेन्ट लोड गर्नुस