सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय समुदायले व्यापक कदम चाले कोरोना महामारी २०२२ मा अन्त्य हुनसक्छ : डब्ल्युएचओ प्रमुख

२०७८ माघ ११, ०५:५२

जेनेभा, स्विजरल्याण्ड : अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताएका छन्।

'डब्लुएचओले प्रमाण, रणनीति, उपकरण र प्राविधिक र परिचालन समर्थन देशहरूलाई आवश्यक पर्ने प्रमाणहरू उपलब्ध गराउन राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा काम गरिरहन्छ। यदि देशहरूले यी सबै रणनीति र उपकरणहरू व्यापक रूपमा प्रयोग गरे भने हामी तीव्र चरणको अन्त्य गर्न सक्छौं,' टेड्रोसले डब्ल्युएचओ कार्यकारी बोर्डको १५० औं सत्रको उद्घाटनमा उक्त कुरा उल्लेख गरेका छन्।

महामारीबाट पाठ सिक्नुपर्ने र त्यस्ता आपतकालीन अवस्थाहरू रोक्नको लागि अहिले नयाँ समाधानहरू विकास गर्न आवश्यक छ। -एएनआई

कमेन्ट लोड गर्नुस