सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा पछिल्लो एक दिनमा तीन लाख छ हजार नयाँ सङ्क्रमित

२०७८ माघ १०, ०९:१६ रासस

नयाँ दिल्लीः भारतमा पछिल्लो एक दिनमा तीन लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। सोमबार विहान सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हजार ६४ जना नयाँ सङ्क्रमित भएका हुन्। 

अघिल्लो दिनको तुलनामा भने दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको छ। अघिल्लो दिनभन्दा २७ हजार ४६९ कम हो। त्यसैगरी दैनिक परीक्षण पनि घटेको छ। अघिल्लो दिन १८ लाख ७५ हजार ५३३ जनाको  परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा १४ लाख ७४ हजार ७५३ जनाको परीक्षण गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २२ लाख ४९ हजार ३३५ रहेको छ। भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४३९ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८९ हजार ८४८ रहेको छ। त्यसैगरी पछिल्लो एक दिनमा दुई लाख ४३ हजार ४९५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। 

एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै रहेकाले सक्रियसङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको छ।
 

कमेन्ट लोड गर्नुस