सुदूर नेपाललाई विश्वसँग जोड्दै

मरिससको राष्ट्रिय फुटबल टोली नेपालमा

२०७८ माघ १०, ०७:४३ रासस

काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न अफ्रिकी राष्ट्र मरिससको राष्ट्रिय फुटबल टोली आज नेपाल आइपुगेको छ। मरिससको टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० का पदाधिकारीले स्वागत गरेका थिए। नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। मरिसस र नेपालबीचको पहिलो खेल शनिबार र दोस्रो खेल मङ्गलबार हुनेछ।

नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो। त्यस्तै, नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रङ्गशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको थियो।
 

कमेन्ट लोड गर्नुस