कञ्चनपुर जिल्ला लिग फुटवलः दीप ज्योती क्लबले जित्यो उपाधी
धनगढीः कञ्चनपुर जिल्ला लिग फुटवलको उपाधी दीप ज्योती क्लब हल्दुखालले जितेको छ। फाइनल खेलमा युथ क्लब अफ महाकालीलाई ट्राइबेकरमा ४–५ गोलले पराजित गरेको हो।
निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएपछि नतिजाका लागि ट्राइबेकरमा जानुपरेको थियो। विजेता टीमले प्रदेश कपमा सहभागि हुन पाउनेछ। पुस २२ देखि सुरु भएको उक्त प्रतियोगितामा अखिल नेपाल फुटवल संघ कञ्चनपुरसंग आवद्ध १२ टीमले सहभागिता जनाएका थिए।