सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानले पायो सर्वोच्चमा पहिलो महिला न्यायाधीश

२०७८ माघ १०, ०५:०४ खबर संवाददाता

एजेन्सीः कट्टर मुस्लिम रास्ट्र पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो महिला न्यायाधीश नियुक्त भएकी छन्। न्यायाधीश आयशा मलिकले आज शपथ ग्रहण गरेपछि मुलुकको सर्वोच्च न्यायालयको पहिलो महिला बनेकी हुन्।

यसअघि उनी लाहौर हाई कोर्टमा थिइन्। आयशाको नियुक्तिलाई पाकिस्तानी न्यायिक इतिहासको सर्वाधिक महत्वपूर्ण उपलब्धि मानिएको छ।

कमेन्ट लोड गर्नुस