सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघमा कुँवर प्यानलको बर्चश्व (मत परिणाम सहित)

२०७५ पुष २९, १२:१२ खबर संवाददाता

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना सकिएको छ। संघमा कोषाध्यक्ष बाहेक सबै पदाधिकारीमा कुँवर प्यानलका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा पुष्पराज कुँवर विजयी भएका छन्। 
यस्तै उपाध्यक्ष उद्योगमा कुँवर प्यानलकै पुष्कर ओझा, उपाध्यक्ष बाणिज्यमा कुँवर प्यानलकै गगन केसी, वस्तुगत उपाध्यक्षमा सोही प्यानलका शिवराज कुँवर, महासचिवमा ओम विष्ट, सचिवमा सिद्धराज पनेरु, कोषाध्यक्षमा भने स्वार प्यानलका भिमराज ओझा अव्वु विजयी भएका छन्। १८ सदस्यीय कार्यसमितीमा ६ जना पदाधिकारी र ७ जना सदस्य कुँवर प्यानलबाट विजयी भएका छन् भने एक जना पदाधिकारी र ४ जना सदस्य स्वार प्यानलबाट विजयी भएका छन्।

अध्यक्ष पद 
रुपेश स्वाँर– ९३१
पुष्पराज कुँवर–   १०००      विजयी
डिल्लीराज अवस्थी– १७७

उद्योग उपाध्यक्ष 
गजराज पाण्डेय– ७६७
पुष्कर ओझा–    १०८१      विजयी
रामचन्द्र राना– १९२

वाणिज्य उपाध्यक्ष
टेकवहादुर खड्का– ९०२
गगन केसी–    ९६०     विजयी
ईन्द्र सेठी– १५८

वस्तुगत उपाध्यक्ष
अनिल कुमार भुजानिया– ७३९
शिवराज कुँवर–   ९५२     विजयी
वासुदेव भट्ट– ३२४

महासचिव
सुरेश पाण्डेय– ७६८
ओम विष्ट–  १०८७   विजयी
नवराज रेग्मी– १६५

कोषाध्यक्ष
भीमराज ओझा अब्बु–  ९६६  विजयी
दिनेश लम्साल– ९३६
शैलेन्द्र श्रेष्ठ– ११५

सचिव
सुजित शर्मा– ७५४
सिद्धराज पनेरु–  १०३६   विजयी
जयराज न्यौपाने– २१०
कमेन्ट लोड गर्नुस