सुदूर नेपाललाई विश्वसँग जोड्दै

रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले कृषि क्षेत्रमा ५ बर्षमा एक अर्ब बढि खर्च गर्दै

२०७५ पुष २९, ११:५२

रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रमा पर्ने पुर्वि कैलालीको टिकापुर, लम्कीचुहा र जनकी गाँउपालिका क्षेत्रका किसानलाई कृषिमा आत्म निर्भर बनाउन आयोजनाले  कृषि कार्यक्रम सञ्चालन गरिरहेको छ। सो अन्तरगत चालु आर्थिक बर्षममा मात्रै कृषिमा आधुनिकिकरणका लागि ३ करोडको यान्त्रीकरण, केराको च्याम्बरका लागि २ करोड विनियोजन गरिएको छ। अन्य कार्यक्रमहरुमा  एक सय ९१ हेक्टर क्षेत्रमा गहु बिउ उत्पादन, बिउ भण्डारणका लागि कोल्ड स्टोर निर्माण गर्ने पनि कार्यक्रम रहेको छ। यस्तै प्रति बिगाह ४० हजार अनुदान दिने गरी ४ सय बिगाहमा केरा खेती, च्याउ उत्पादनमा अनुदानका कार्यक्रम रानी जमरा कुलरीया सिंचाई आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाईमा रहेको छ। यस्तै २० ओटा नेट हाउस निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ। आयोजना अन्तरगत कृषि कार्यालयका प्रमुख सुनिल सिँहले दोस्रो चरणको कार्यक्रमका सञ्चालनको तयारी रहेको बताए। 
दोस्रो चरणको कार्यक्रममा बालीको ब्लक–ब्लक बनाएर खेतीपातीमा जोड दिने र कृषि उत्पादनमा सहयोग गर्नेछ। खेतीको ब्लक कम्तीमा ३० बिघा, फलफूलको २०-३० बिघा, खाद्यान्नको बीउ उत्पादनका लागि ५०÷६० बिघाको ब्लक बनाएर खेतीमा सहयोग गर्ने योजना छ। रानी, जमरा, कुलरिया कुलो सिँचाइ आयोजना अन्तर्गत पहिलो चरणको प्रचारात्मक र कृषक जागरण कार्यक्रम सकिएपछि दोस्रो चरणको कृषि उत्पादन सहयोग कार्यक्रम सुरु गरिएको हो। दोस्रो चरणअन्तर्गत सिँचाइ आयोजनाको कमान्ड क्षेत्रमा कृषि उत्पादन र बजारीकरणका लागि आवश्यक प्राविधिक सेवा र सामान्य पूर्वाधारहरू सहयोग गरिनेछ।


कृषि तर्फको कार्यालयले बाली उत्पादनमा लागत र आम्दानीको ट्रयाकिङ प्रणाली लागू गरेको छ । बाली उत्पादनको लागत खर्च र आम्दानीको हिसाब गर्न यस्तो प्रणाली पनि लागु गरेको हो। ‘पोस्ट हार्वेस्ट केन्द्र स्थापना, कृषि यान्त्रीकरण उपकरण, नर्सरी ग्रिन हाउस, सेड हाउस स्थापना सहयोग, प्रविधि अवलम्बन सहयोग लगायतका कार्यक्रम दोस्रो चरणमा छन्। यस्मा अधिकासं कार्यक्रम सम्झौता भएर सुरु भएका छन्। दोस्रो चरणको कृषि सहयोग कार्यक्रमको अवधि ५ वर्षको रहेको छ भने यसको बजेट करिब १० मिलियन डलर अर्थाक एक अर्व बढि हुन्छ। 
रानी, जमरा कुलरिया सिँचाइ आयोजना अन्तरगत कृषि तर्फको दोस्रो चरणको कार्याक्रम ५ बर्षमा एक अर्व बढि बजेट खर्च हुने भएको छ। प्हिलो चरणमा प्रचारात्मक कार्यक्रम सम्पन्न भएसंगै चालु आर्थिक बर्षदेखि नै दोश्रो चरणको कार्यक्रम सुरु भएको हो। दोश्रो चरणको कार्यक्रम ५ बर्ष सम्म सञ्चालन हुने छ भने विश्व बैंकको सहयोगमा आयोजनाको कमाण्ड क्षेत्रमा एक अर्व बढि बजेट खर्च गरिने योजना बनाईएको छ। चालु आर्थिक बर्षमा मात्रै १७ करोड बढि बजेट खर्च गर्ने योजना रहेको छ। 
कमेन्ट लोड गर्नुस