सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ कर्मचारीमा कोरोना, सेवा बन्द हुने

२०७८ माघ ९, ०३:३७ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कार्यरत ८ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण फेला परेको छ। कर्मचारी र नगरपालिकाका धेरै नागरिकमा संक्रमण देखिएपछि नगरपालिका कार्यालय र मातहतका निकाय ५ दिनसम्म बन्द हुने जनाइएको छ।

नगरपालिकाले सूचना जारी गरेर यही माघ १० गतेदेखि ५ दिनसम्म सेवा बन्द गर्ने निर्णय गरिएको जनाएको छ। सो अवधिमा अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए।  

कमेन्ट लोड गर्नुस