सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर जिल्ला लिग फुटबल : दीपज्योती र युथ क्लब फाइनलमा प्रवेश

२०७८ माघ ९, ०८:११ खबर संवाददाता

कञ्चनपुर : अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित जिल्ला लिग फुटबल प्रतियोगितामा दीपज्योती युवा क्लब र युथ क्लब अफ महाकाली फाइनल प्रवेश गरेका छन्।

शनिबार समूह 'ए' को विजेता टिम दीपज्योती र समूह 'बि' को उपविजेता त्रीपुरा समाजबीच भएको पहिलो सेमिफाइनल खेलमा दीपज्योतीले ४-३ गोलको अन्तरले त्रीपुरालाई हराउँदै फाइनलको यात्रा पक्का गरेको हो। 

दोस्रो सेमिफाइनल खेल समूह 'बि' को विजेता टिम निङ्गलाशैनी विकास समाज र समूह 'ए' को उपविजेता युथ क्लब अफ महाकालीबीच भएको थियो। निर्धारित समयमा १-१ गोलको बराबरी खेल्दै खेल ट्राइबेगर मा गएको थियो। जसमा युथ क्लब अफ महाकालीसँग ३-१ गोलको अन्तरले निङ्गलाशैनी पराजित हुन पुग्यो। 

पहिलो र दोस्रो सेमिफाइनल खेलको उत्कृष्ट खेलाडी दीपज्योती क्लबका करनदेव पुरी र युथ क्लब अफ महाकालीका सन्तोष क्षेत्री घोषित भए। उनले एघार/एघार सय नगद हात पार्न सफल भए। प्रतियोगिताको फाइनल खेल माघ १० गते दिउँसो १२ बजे डिफेन्डिङ च्याम्पियन क्लब दिपज्योती र युथ क्लब अफ महाकालीबीच महेन्द्रनगरस्थित खुलामञ्चमा हुने लिग संयोजक चन्द्रसिंह थलालले बताए।

पौष २२ गतेदेखि सञ्चालन भएको जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आबद्ध १२ क्लबहरुको सहभागिता रहेको छ। दुई समूहमा विभाजन गरी लिग सञ्चालन भइरहेको छ। नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरी खेलकुद सञ्चालन भइरहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस