सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एक जना मृत फेला

फाइल फोटो
फाइल फोटो
२०७८ माघ ८, ०९:१३ रासस

बाजुराः बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको हिमाली गाउँपालिका–१ मा एक बालक मृतावस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा हिमाली गाउँपालिका–१ विच्छ्याका अन्दाजी १६ वर्षीया पुष्पराज बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार भाइ–बहिनी अभिभावक भएर बडीमालिका नगरपालिका–८ थापाबाडामा डेरामा बस्दै आएका बोहरा आज मृतावस्थामा फेला परेको जनाएको छ। बोहरा आज बिहान खाना खाने समयमा खाना खान बोलाउँदा मृत्यु भएको प्रहरीको भनाइ छ।

मृतक बोहराको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। मृतकका आमाबुवा घरबाट हिँडिसकेको बताइएको छ। मृतक बोहराको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरिएको छ। कोरोनाको रिपोर्ट भने आउन बाँकी छ।
 

कमेन्ट लोड गर्नुस