धनगढीको कपडा बैंकलाई ४५ थान कपडा सहयोग
धनगढीः धनगढीको कपडा बैंकलाई ४५ थान कपडा सहयोग गरिएको छ। उप–महानगरपालिको वडा नम्बर–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई कपडा दान गरिएको हो। धनगढीकी शान्ति लेखकले ४५ थान कपडा गरेका हुन्। संकलन भएका कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्।
चिसोको बेला कपडा लैजाने व्यक्तिहरु बढ्ने भएकाले बैंकमा कपडा अभाव हुने गरेको छ। सोही कारण सबैले कपडा दान गरी सहयोग गर्न बैंकका सञ्चालक गोपाल हमालले आग्रह गरेका छन्।