सुदूर नेपाललाई विश्वसँग जोड्दै

र त हारेँ

२०७८ माघ ८, ०३:५७ रक्षा भट्ट

टुटेको दिल सम्हाल्न खोजे र त हारेँ 
निभेको मायाको दियो बाल्न खोजे र त हारेँ।
जीवनबाट आशै मर्‍याे भन्थ्यौ तिमी
त्यही पुनर्जीवित पार्न खोजे र त हारेँ।
दिलै टुट्यो छियाछिया भयो भन्थ्यौ तिमी
पीडा बुझी त्यही जोड्न खोजे र त हारेँ।
बाँच्नै व्यर्थ लाग्छ अनायासै जीवन
सकियो भन्थ्यौ जिउने आश देखाउन खोजे र त हारेँ।
हारीसके जीवनबाट अब किन जिउनु भन्थ्यौ तिमी
त्यही हारलाई जित्न सिकाउन खोजे र त हारेँ।
निकै अनुरोध गरी जब भन्यौ तिम्ले तिम्रो साथ पाए
धन्य हुन्थ्यो जीवन मनको रोदन बुझी साथ दिन खोजे र त हारेँ।

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस