सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमै चिकेन स्टेशनको दोस्रो शाखा सञ्चालनमा

२०७८ माघ ८, ०१:०८ खबर संवाददाता

धनगढीः धनगढीमै चिकेन स्टेशनको दोस्रो शाखा सञ्चालनमा आएको छ। चिकेन स्टेशनका सञ्चालक मदन भट्टले उपमहानगरपालिकाको वडा नम्बर ८ बुद्धचोकमा अर्काे शाखा सञ्चालनमा ल्याएका हुन्। उनले झण्डै एक करोडको लगानीमा धनगढीमै अर्काे शाखा सञ्चालनमा ल्याएको बताए। शनिबार उनका बुवाले स्टेशनको उद्घाटन गरेका थिए। उनले भने, ‘धनगढीको चटकपुरमा स्थापना भएको चिकेन स्टेशनको दोस्रो शाखा यहाँ पनि सञ्चालन गरेका हौं। यहाँ चटकपुरमा रहेको शाखा जस्तै सेवा हुन्छ।’

सुदूरपश्चिममै पहिलोपटक धनगढीको चटकपुरमा शाखा सञ्चालन गरेका भट्टले बुद्धचोक क्षेत्रमा पनि भिडभाड हुने र नास्ताका लागि स्तरिय होटल नभएकाले शाखा सञ्चालन गरेको बताए। उनले भने, ‘चिकेन स्टेशनका परिकारहरु छोटो समयमै ग्राहकलाई लोभ्याउन सफल भएका छन्। सोही कारण पनि दोस्रो शाखा खोलेको हुँ। यहाँ चिकेन मात्र होइन भेजका परिकारहरु पनि पाइने छ। ’

चिकेन स्टेशनका दुवै शाखामा जन्मदिन, वैवाहिक वर्षगाँठ लगायतका कार्यक्रमहरु समेत गर्न सकिन्छ। साथै संगीतको मजा पनि लिन सकिने सुविधा रहेको छ। चिकेन स्टेशनका दुवै शाखा संचालनमा आएपछि ४५ जनाले रोजगार पाएका छन्। चटकपुरमा गत वर्ष डेढ करोडको लागतमा ‘चिकेन स्टेशन’ सञ्चालन रहेको भवनकै चौथो तलामा मुगल्स खजना पनि सञ्चालन गरिएको छ। 


 

कमेन्ट लोड गर्नुस