तिमी मेरी दिलकी रानी
तिमी मेरी दिलकी रानी जिद्धी गरेर नजाउ प्रिय
बाउआमाले बिदा गरेको माइती घर नजाउ प्रिय
खराब थिए म कुलतले घरबार सबै बेचियो
जाँडरक्सी जुवातासमा मेरो जिन्दगी खेर गयो
कुलतले पैसा र घरबार सबै मेरो सिधियो
मैले तिमीलाई दुःखी बनाएको आँसु लाग्यो
बल्ल आज चिने मैले मेरी जीवन साथीलाई
कति दुःख दिए होला मैले सधै तिमीलाई
आज सोच्दैछु मैले गल्ती महसुस गर्दैछु
आजदेखि दुःख दिन्न हिँड अहिले घर लैजादैछु
यो जिन्दगी अब मेरो तिम्रै भरमा छ
जाड रक्सी छोडिसके सुध्रदै गएको छु
कुलतको बाटो छोडि असल मान्छे भाको छु
आफ्नो भन्नु तिमी ठानेर भेट्न आएको छु
घरको काम घाँस दाउरादेखि सबै काम म गरुला
मेरी मायालु तिमिलाई रानी बनाएर दिलमा सजाउला
छोराछोरीको हेरचाह म आफै गरुला
प्राण प्यारी तिमीलाई सुखमा राखौंला
सुध्रिएर आज म तिमीलाई भेटन आए
तिमी मेरी दिलकी रानी तिम्रो सामु आए
घर जाउ हिँड तिमीले जिद्धी गर्नुहुन्न
माइती घरमा बसेर सधै जिन्दगी चल्दैन
घर हिँड मेरी प्रिय तिमी दुई हात जोडी मैले भने
तिम्रो आँखामा आँसु आउन दिन्न मैले वाचा गरे
-गोबिन्द राज ओझा, दिपायल सिलगढी नगरपालिका–२ दिपायल डोटी