कञ्चनपुरमा एक पुरुष मृत फेला
२०७८ माघ ८, १०:५३
कञ्चनपुर: कञ्चनपुरमा एक जना पुरुषको शव फेला परेको छ। बेलडाँडी गाउँपालिका–३ वैवाह बस्ने ५४ वर्षीय हिरालाल डगौराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनको शव सोही गाउँपालिका–४ वैवाहस्थित महाकाली सिँचाईको शाखा नहरमा शुक्रबार फेला परेको हो। प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ।
कमेन्ट लोड गर्नुस