स्वार र कुँवरको मतान्तर ६ मत मात्रै
कैलाली उद्योग वाणिज्य संघको निर्वाचन
कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको नतिजा आउने क्रम जारी रहेको छ । अहिलेसम्म दुई पटक मत परिणाम सार्वजनिक गरिएको छ । दुई हजार दुई सय ६१ मत खसेकोमा २४९ मत गणनापछिको नतिजा अनुसार अधिकांश पदहरुमा पुष्पराज कुँवरको प्यानल अगाडी रहेको छ । पहिलो पटकको मत परिणाममा पुष्पराज कुँवरको अग्रता वढी रहेकोमा अहिले दुवै प्यानल बीचको अन्तर कम भएको छ । कोषाध्यक्षमा रुपेश स्वारको प्यानलले अग्रता लिएपनि अन्य पदाधिकारीका सवै पदहरुमा कुँवर प्यानल नै अगाडी नै रहेको छ । सार्वजनिक नतिजा अनुसार मत परिणाम यस प्रकार रहेको छ ।
अध्यक्ष पद
रुपेश स्वाँर– २३२
पुष्पराज कुँवर– २३८
डिल्लीराज अवस्थी– ४३
उद्योग उपाध्यक्ष
गजराज पाण्डेय– १८४
पुष्कर ओझा– २६४
रामचन्द्र राना– ४४
वाणिज्य उपाध्यक्ष
टेकवहादुर खड्का– २१३
गगन केसी– २१८
ईन्द्र सेठी– ४३
वस्तुगत उपाध्यक्ष
अनिल कुमार भुजानिया– १८२
शिवराज कुँवर– २२४
वासुदेव भट्ट– ८५
महासचिव
सुरेश पाण्डेय– १९८
ओम विष्ट– २४६
नवराज रेग्मी– ३९
कोषाध्यक्ष
भीमराज ओझा अब्बु– २३७
दिनेश लम्साल– २१७
शैलेन्द्र श्रेष्ठ– २६
सचिव
सुजित शर्मा– १९७
सिद्धराज पनेरु– २२८
जयराज न्यौपाने– ५२