सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा जिल्ला क्रिकेट संघको अध्यक्षमा उप्रेती

२०७८ माघ ६, ०५:३८ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरा जिल्ला क्रिकेटको संघको अध्यक्षमा हरिप्रसाद उप्रेती निर्विरोध चयन भएका छन्। बिहीबार जिल्ला सदरमुकाममा सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट उप्रेतीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

संघको उपाध्यक्षमा जगदीश पनेरु, सचिवमा निरज रावल र कोषाध्यक्षमा देवकी भट्ट भएकी छन्। यस्तै संघको सदस्यमा लालबहादुर साउँद, वीरबहादुर साहु, सुरेन्द्रबहादुर साहु, मनोज पाठक, हर्क घिमिरे, बासुदेव जोशी, रवीन्द्र केसी, विष्णुराज ओझा र दीपक गरुङ रहेका छन्।

कमेन्ट लोड गर्नुस