सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडी महोत्सव माघ १४ देखी

२०७५ पुष २८, ०७:३७ खबर संवाददाता

कैलालीको सुखडमा आउदो माघ १४ गते देखी महोत्सव लाग्ने भएको छ। विश्व रामसार सूचिमा सूचिकृत पर्यटकिय क्षेत्र घोडाघोडीको प्रचार प्रसार तथा अनाथ अपाङ्गहरुको सहयोगार्थ घोडाघोडी नगरपालीका १ सुखडमा महोत्सव हुने भएको हो।

घोडाघोडी उद्योग बाणिज्य संघको आयोजना र घोडाघोडी सहायता केन्द्र, घोडाघोडी बहुउदेश्य युवा मञ्चको सह आयोजनामा माघ १४ गते देखी २३ गते सम्म घोडाघोडी महोत्सव २०७५ आयोजना पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।  

महोत्सव अवधिभर करिव १ लाख दर्शकले महोत्सव अवलोकन गर्ने तथा २ करोडभन्दा वढीको कारोवार हुने महोत्सव मुल आयोजक समितिका संयोजक जियालाल बताए। 
 
 

कमेन्ट लोड गर्नुस