कैलाली उद्योग वाणिज्य संघ निर्वाचन : साढे ८ बजेदेखि मतगणना हुने
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना आजै सुरु हुने भएको छ। सर्वपक्षिय बैठकले साढे ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन समितीले जनाएको छ। निर्वाचन समितीका अनुसार संघमा २ हजार ७ सय ४ मतदाता रहेकोमा २ हजार २ सय ६१ मत खसेको छ। यो कुल मतदाताको झण्डै ८४ प्रतिशत हुन्छ।
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि तीन वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन्। निबर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुँवर र सदस्य डिल्लीराज अवस्थी प्यानल सहित चुनावी मैदानमा छन्।