सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप क्रिकेटः पुलिसलाई हराउँदै एपीएफले जित्यो उपाधि

२०७८ माघ ५, ०३:०४ खबर संवाददाता

धनगढीः विभागीय एपीएफ क्लबले प्रधानमन्त्री कप क्रिकेटको उपाधि जितेको छ। बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफले उपाधिमा कब्जा जमाएको हो। 

पहिले ब्याटिङ गरेको एपीएफ १९ ओभर ५ बलमा १५७ रनमा अलआउट भएको थियो। एपीएफका लागि अमर रौतेलाले २९, लोकेश बमले २७ र सन्दीप जोराले २४ रन बनाएका थिए। पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान ३र३ विकेट लिए। त्यस्तै गुल्सन झाले २ तथा आरिफ शेखले १ विकेट लिए। १५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो।

उसका लागि दीपेन्द्र सिंह ऐरीले ६५ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। दिलिप नाथले पनि २३ रन बनाएका थिए। एपीएफका किशोर महतोले ३ विकेट लिए भने अविनाश बोहोरा, अमर रौतेला र दिपक बोहोराले १(१ विकेट लिए।

कमेन्ट लोड गर्नुस