कञ्चनपुरमा भेटिए थप १८४ जना कोरोना संक्रमित, सक्रिय संक्रमित संख्या ५ सय नाघ्यो
कञ्चनपुरः कञ्चनपुरमा एकैदिन १८४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। ५८२ जनाको नमूना ऐन्टिजेन र १०४ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा १८४ जनामा संक्रमण फेला परेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। जसमध्ये भारतबाट भित्रिएकाहरु मात्रै ४६ जना रहेको कार्यालयले जनाएको छ।
यस्तै भीमदत्त नगरपालिकामा ६३, दोधारा चाँदनी नगरपालिकामा ८, पुर्नवास नगरपालिकामा २५, बेलौरीमा २३, कृष्णपुरमा १२ बेदकोटमा ५ र शुक्लाफाँटामा १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ३६ पुगेको छ। हालसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ।