सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघ निर्वाचन : मतदान सम्पन्न, मतगणना आजै सुरु हुने

२०७५ पुष २८, ०४:३७ खबर संवाददाता

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। विहान साढे ८ बजेदेखि मतदान सुरु भएकोमा साढे ४ बजे मतदान सम्पन्न भएको हो। निर्वाचन समितीका अनुसार २ हजार ७ सय ४ मतदाता रहेकोमा २ हजार २ सय ६१ मत खसेको छ। यो कुल मतदाताको झण्डै ८४ प्रतिशत हुन्छ। 

मतदान सकिएपछि मत गणनाका लागि केहि बेरमा बैठक हुने निर्वाचन सतिमीका संयोजक यादव भण्डारीले बताए। मतगणना पनि आजैदेखि सुरु हुने उनले बताए। कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन्। बर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुँवर र सदस्य डिल्लीराज अवस्थी प्यानल सहित चुनावी मैदानमा छन्। 

कमेन्ट लोड गर्नुस