कैलाली उद्योग वाणिज्य संघ निर्वाचन : ४ बजेसम्म ७७ प्रतिशत मत खस्यो
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि अहिले पनि मतदान जारी छ। दिउसो ४ बजेसम्म २७ सय ४ मतदाता रहेकोमा २ हजार ७८ मत खसेको निर्वाचन समितीले जनाएको छ। यो कुल मतदाताको झण्डै ७७ प्रतिशत हुन्छ। निर्वाचन समितीका अनुसार ४ बजे सम्म मतदान केन्द्रमा लाईन लागेका मतदातालाई अहिले मतदान गर्न दिईएको बताए।
झण्डै ७० जना अहिले मतदानका लागि आईन लागेका छन्। यद्यपी अन्यले भने अव मतदान केन्द्रमा छिर्न पाउने छैनन्। कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन्। बर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुँवर र सदस्य डिल्लीराज अवस्थी प्यानल सहित चुनावी मैदानमा छन्।