सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भम्केपानी धामलाई पर्यटकिय गन्तव्य बनाउछौँः पूर्वमन्त्री साउँद

२०७८ माघ ३, ०९:०६ खबर संवाददाता

कञ्चनपुरः नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री एनपी साउँदले भम्केपानी धामलाई धार्मीक तथा पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने बताएका छन्।

सोमबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नम्बर वडाकार्यालयको आयोजनामा भम्केपानी धाममा आयोजित आदिवासी, जनजाती तथा थारुहरुको चाँड माघ मिलान कार्यक्रमलाई सम्बोदन गर्दै उनले यस्तो बताएका हुन्। 

‘यो माघी आदिवासी, जनजाती, थारु, चौधरीहरुको मात्र नभएर हामी सबैको पर्व हो। उनले भने, ‘र यो भम्केपानी धाम धार्मीक तथा पर्यटकिय क्षेत्रका रुपमा धेरै सुन्दर ठाउँ भएकोले यस क्षेत्रको विकासका लागि आगामी दिनमा नेपाली काँग्रेस विजयी भएपछि हामीले गर्नेछौ भन्ने बचन दिन चाहन्छु।’ 

त्यस्तै उनले सो क्षेत्रमा काँग्रेस विजयी भएपछि भम्केपानी धामलाई  धार्मीक तथा पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न भौतिक संरचना, बाटो, पुल, कलभर्ट तथा विजुली,पानीको समेत आवश्यक भएको भन्दै त्यसको व्यस्था गर्ने प्रतिवद्धता जनाए। 

‘आगामी दिनमा यस क्षेत्रमा काँग्रेस  विजयी भएपछि यस क्षेत्रको विकासका लागि भौतिक संरचना, पुलपुलेसा, कलभर्ट, खानेपानी, विजुलीको व्यस्थापन गरि भम्केपानी धामलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्छौँ।’ 

कमेन्ट लोड गर्नुस