अछामका सिडिओसहित ५ जना कर्मचारीलाई कोरोना संक्रमण
अछाम: अछामका प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रजिअ विश्वराज मरासेनीसहित नागरिकता फाँट र अन्य शाखामा कार्यरत ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो।
उनीहरुलाई संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सबै सेवा १ हप्ताका लागि बन्द गरिएका छन्। जिल्ला प्रशासन कार्यालय अछामले सूचना जारी गर्दै माघ १० गतेसम्मका लागि कार्यालयबाट प्रदान हुने सेवा बन्द गरिएको जानकारी दिएको छ। कोरोना संक्रमण पुष्टि भएका सबै कर्मचारी होम आइसोलेसनमा बसेका छन्।