सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ९९ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

२०७८ माघ ३, १२:२८ खबर संवाददाता

बैतडीः बैतडीमा ९९ हजार ७५९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। जिल्लामा १ लाख ३३ हजार ८८१ जनाले खोपको पहिलो मात्रा पाएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए।

जिल्लाका १० ओटै स्थानीय तहका वडाहरुमा रहेका खोप केन्द्रबाट अहिले पनि कोरोना विरुद्धको खोप अभियान सञ्चालन भईरहेको उनले बताए। जिल्लामा १२ बर्षदेखि माथिका ३७.१ प्रतिशत नागरिकले कोरोना विरुद्ध पूर्ण खोप पाएका छन् भने ४९.८ प्रतिशत नागरिकले खोपको पहिलो मात्रा पाएका स्वास्थ्य कार्यालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस