सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी प्रशासनले बार अनुसार सेवा दिने

२०७८ माघ २, ०३:२९ खबर संवाददाता

बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले बार अनुसार सेवा प्रदान गर्ने भएको छ। जिल्लामा कोरोना संक्रमित बढ्दै  गएपछि प्रशासन कार्यालयले माघ ७ गतेबाट बारअनुसार सेवा प्रदान गरिने जनाएको हो। पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका नागरिकलाई आइतवार, मेलोली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सोमवार, दोगडाकेदार गाउँपालिका र डीलाशैनी गाउँपालिकाका नागरिकलाई मंगलवार सेवा प्रदान गरिने जनाइएको छ।

यस्तै बुधवार सुर्नया, बिहीवार पाटन नगरपालिकाका नागरिकहरुलाई र शुक्रवार दशरथचन्द नगरपालिकाका नागरिकहरुले सेवा पाउने छन्। यस्तै पुर्चौडी नगरपालिकाको हकमा स्वास्थ्य  सुरक्षाका मापदण्ड अपनाएर हाटमा रहेको इलाका प्रशासन कार्यालयबाट सेवा प्रदान हुनेछ।

कोरोना संक्रमण फेरि बढ्न थालेपछि अहिले बैतडीमा पनि कडाइ गरिन थालिएको हो। यस्तै प्रशासनले सबै नागरिकहरुलाई पनि स्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह गरेको छ। 

कमेन्ट लोड गर्नुस